काठमाडौँ उपत्यकामा संक्रमण भेटिएका ठाउँहरुमा सिल गर्ने निर्णय, आवतजावतमा कडाई

काठमाडौं – काठमाडौँ उपत्यकामा तत्काल लकडाउन नहुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले बताएका छन् । तर मानवीय गतिविधि र आवतजावतमा भने थप कडाइ गरिने भएको छ ।

शुक्रबार उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।

बैठकले संक्रमण बढी देखिएको ठाउँमा सिल गर्ने निर्णय गरेको छ । त्यहि निर्णय अनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।

सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्