शुक्रवार थप चार सय ६४ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा शुक्रबार थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा चार सय ६४ जनामा कोरोना पुष्टि भएको बताए । अझै ६ हजार २ सय ९७ जनामा कोरोना सक्रिय रहेको छ । शुक्रबार ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म १५ हजार ८ सय १४ जना डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्