शुक्लाफाँटाकाे एम्बुलेन्स ग्यारेजमा, क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन तथा आवतजावत टिप्परबाट

मुकेशप्रसाद जोशी, कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन् ।
हाल नगरपालिकाका विभिन्न क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन र विरामी बोक्ने कार्य टिप्परबाट भइरहेको छ । त्यसको मुख्य कारण हो एम्बुलेन्स मर्मत नुहुनु ।
पिपलाडी स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएको एक महिना पुग्दा समेत मर्मत कार्य हुन नसक्दा विरामीहरुलाई निकै समस्या भएको छ ।
शुक्लाफाँट नगरपालिकाको केन्द्र झलारीबाट स्वाव संकलन गरेर धनगढी जाँदैक्रममा गत असार ६ गते गेटा अस्पताल नजिक उक्त एम्बुलेन्स दुर्घटनामाग्रस्त भएको थियो । त्यसपश्चात उक्त एम्बुलेन्स ग्यारेज मै थन्किएको छ ।

तस्बिर : सामाजिक सञ्जाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्