प्रिन्स दाहाल एसियाकै उत्कृष्ट ब्याडमिन्टन खेलाडी, विश्व वरियतामा सातौं स्थानमा

काठमाडौं – ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ ।

एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो । ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ । त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् । प्रिन्सले युएईमा हुँदै आएको दुबई जुनियर इन्टरनेसनल च्याम्पियनसिपमा दुई फरक उमेर समूहमा उपाधि जितिसकेका छन् । उनले नेपालमा र विदेशमा गरी दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् । दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्