केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि भएको धारिलो हतियार प्रहार प्रति गाउँपालिका राष्ट्रिय महासंघको गम्भिर ध्यानाकर्षण

काठमाडौँ – मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई उनकै कार्यकक्षमा केहि व्यक्तिले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको खबरप्रीत गम्भिर ध्यानाकर्ष भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिव बंशलाल तमाङले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । विज्ञप्तिमा भनिएको छ – ‘नागरिकको सेवामा लागिरहेका जनप्रतिनिधिलाई ज्यान मार्ने उद्देश्यले कार्यकक्षमै भएको यस प्रकारको जति निन्दा गरेपनि कम हुनेछ । जनप्रतिनिधिहरुलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण मिलाउन नेपाल सरकारसँग अनुरोध गर्दछौँ र यस प्रकारका घटनाबाट हतोत्साही नभई स्थानीय सरकारको तर्फबाट सेवा प्रभाव र विकास निर्माणमा पुर्याउनुपर्ने दायित्वमा कुनै कमि आउन नदिन देशभरका गाउँपालिकाका जनप्रतिनिधिहरुलाई हार्दिक आह्वान गर्दछौँ’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्