इन्डोनेसियामा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु, २३ बेपत्ता

एजेन्सी – बुधबार इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् । आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा बाढी आएको बताइएको छ ।

कैयौ भवन, सडक र केही गाउँ समेत बाढीको डुबान परेको सो इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् । –एएनआइ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्