मेलम्ची खानेपानी आयोजनाले बगाएका इन्जिनियर सतिश गोहित मृत भेटिए

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएका इन्जिनियर सतिश गोहित मृत भेटिएका छन् । मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बाहादुर तामाङ ले बताए ।

मंगलबार सुरुङ फुटेर पानी फर्कंदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको घिमिरेले बताए । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहानतर्फ नै फर्कदा दुई जनालाई बगाएको हो ।

मेलम्ची नदीले बगाएको चारमध्ये दुई जनालाई मंगलबार घाइते अवस्थामा भेटिएको घिमिरेले बताए । घाइतेद्वय शेखर खनाल र दावा लामालाई उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको लागि पठाइएको निरीक्षक तामाङले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्