विश्वभर कोरोना संक्रमितको संख्या सवा करोड नाघ्यो, ५ लाख ६२ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वमा कोरोना संक्रमितको संख्या सवा करोड नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १६ हजार भन्दा बढी छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३७ हजार कोरोना संक्रमित भेटिएका छन् । यस्तै अहिलेसम्म यो भाइरसबाट विश्वभर ५ लाख ६२ हजार भन्दा बढीको ज्यान गइसकेको तथ्याङ्कमा उल्लेख छ । ७३ लाख २७ हजार भन्दा बढीले उपचार पछि स्वास्थ्य लाभ गरेका छन् । यो भाइरसबाट सबै भन्दा बढी प्रभावित देश अमेरिका हो भने दोस्रोमा भारत र तेस्रोमा भारत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्