भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो, एकै दिन २७ हजार बढी संक्रमित, २२ हजार बढीको मृत्यु

काठमाडौँ – भारमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २७ हजार ७६१ जनामा कोरोना पुष्टि भएपछि भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार भन्दा बढी पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कमा उल्लेख भए अनुसार भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ५२१ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ । भने ५ लाख १६ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । २ लाख ८४ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्