विपद व्यवस्थापन परिषदको बैठक बालुवाटारमा जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा विपद व्यवस्थापन परिषदको बैठक बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी छन् । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

परिषदको बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्