दार्चुलाको छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी सुरु

दार्चुला — व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पश्चिम नेपालको त्रिदेशीय सीमाक्षेत्रमा रहेको छाङरु र तिंकर गाउँमा हेलिकोप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी सुरु गरेको हो ।

छाङरु र तिंकर गाउँमा एकरएक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए । प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु गरिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्