म्याग्दी पहिरोमा हराइरहेका मध्ये १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

काठमाडौँ – म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।

बिहीबार राति वर्षासँगै आएको पहिरोले घर बगाउँदा म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।

मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् ।

शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो । अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् । धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्