गण्डकीमा थपिए १४ जना कोरोना संक्रमित, कुल संख्या ११ सय ७६ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

शनिबार नयाँ संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् । तनहुँमा ४ जना, म्याग्दीमा २ जना, स्याङ्जामा ३ जना, बाग्लुङमा ३ जना र कास्कीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्