बाढीमा परि बेपत्ता भएका एकजना २४ घण्टा पछि जिवितै भेटिए, एक मृत अबस्थामा

सिन्धुपाल्चाेक – विहिवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परि बेपत्ता भएकाहरु मध्य एक जना जिवित र एक जना मृत अबस्थामा भेटिएका छन् ।
लार्चा बाढीमा परि बेपत्ता भएका ५७ बर्षीय नाप्चे मगर जिवित अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । शनिबार बिहान मगर भोटेकोशी नदीमा जिवित अबस्थामा भेटिएका हुन् ।
उनको टाउको र खुट्टामा सामान्य चोटपटक लागेको र स्थानीय स्वास्थ संस्थामा उपचार भईरहेको छ । मगर २४ घण्टा पछि जिवितै भटिएका हुन् ।
त्यस्तै भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बाढी र पहिरोमा परेर बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ बर्षीय साहिल तामाङ मृत अबस्थामा भेटिएका छन् । शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटे स्थित सुनकोशी नदीमा फेला परेको हो । शव परिवारजनलाई बुझाइएको छ । सो बाढी र पहिरोमा परेर बेपत्ता १७ जना अझ फेला पर्न सकेका छैनन् । भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढी पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्