सृजनशील ‘मोबाइल बैंकिङ सेवा शुभारम्भ’ गर्ने कञ्चनपुरको पहिलो सहकारी

मुकेशप्रसाद जोशी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुचारु गरेको छ ।

सहकारीले आइतबार एक औपचारिक कार्यक्रमकाबीच ’सृजनशील स्मार्ट मोबाइल बैंकिङ’ सेवाको शुभारम्भ गरेको हो । कार्यक्रममा संस्थाका सचिव खगेन्द्र प्रसाद पाण्डेयको मोबाइलमा सेवा सुचारु गरिएपछि औपचारिक रुपमा उक्त सेवाको शुभारम्भ गरिएको संस्थाका अध्यक्ष शिवराज भट्टले बताए । यसै असार मसान्तसम्म पहिलो चरणमा पाँच सय सदस्यलाई बैंकिङ सेवासित जोडिने अध्यक्ष भट्टले बताए । आगामी दिनमा सहकारीले सबै सदस्यको पहुँचसम्म सो सेवा विस्तार गरिने लक्ष्य राखेको जनाएको छ ।

कञ्चनपुरमै सहकारीहरुमा स्मार्ट मोबाइल बैंकिङ सेवा सुरु गर्ने यो सहकारी पहिलो हो । सहकारीका प्रबन्धक मदनराज भट्टका अनुसार स्मार्ट सेवाबाट सदस्यहरुले बैंक ट्रान्सफर, चेक रिकोइष्ट, टपअप, स्कुल पेमेण्ट, इन्स्योरेन्स पेमेण्ट, क्युआर कोड पेमेण्ट र डिपोजिट स्टेटमेण्ट सेवा लिन सक्ने छन् । सेवाशुल्क वाफत वार्षिक दुईसय रुपैयाँ लाग्ने सहकारीले जनाएको छ । संस्थाका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद अवस्थी, सचिव खगेन्द्र प्रसाद पाण्डेय, कोषाध्यक्ष मोनिका भण्डारी भट्ट, सञ्चालक सदस्य पुष्पराज भट्ट र सल्लाहकार संयोजक सिद्धराज भट्ट सहितको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रवन्धक भट्टले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्