नेपाल एयरलाइन्सका ३ जना पाइलट सहित १४ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । सो उडानमा खटिएका कर्मचारीमा कोरोना देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्