विश्वमा कोरोना : १ करोड ११ लाख भन्दा धेरै संक्रमित, ५ लाख २८ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – विश्वभर १ करोड ११ लाख ८२ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ४ सय ९ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २८ लाख ९० हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख ३२ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६३ हजार २ सय ५४ जनाको ज्यान गएको वल्डोमिटर्सको तथ्यांक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्