रूपन्देहीको स्थानीय पत्रिकामा दार्चुलाका स्थानीय तहको विज्ञापन

काठमाडौं – रूपन्देहीबाट प्रकाशित हुने एक स्थानीय पत्रिकामा दार्चुला जिल्लाका स्थानीय तहकाे काेराेना सन्देश विज्ञापन प्रकाशित भएकाे पाईएकाे छ ।
रूपन्देहीबाट प्रकाशित हुँदै आएकाे स्थानीय पत्रिका “दैनिक पत्र” मा दार्चुलाका सबै स्थानीय तहका विज्ञापन प्रकाशन भएकाे छ । रूपन्देही जिल्लामा मात्र सिमित पत्रिकामा दार्चुलाको विज्ञापन प्रकाशन हुनुले सबैमा आश्चर्य हुनु स्वभाविक हाे ।
जसमा काेराेना शन्देश तथा काेराेनाबाट बच्ने उपायसहितकाे जनचेतनामूलक सन्देश तथा विज्ञापन शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकाकाे गृृह पृष्ठमा छ भने अन्य स्थानीय तहकाे भित्री पृष्ठमा प्रकाशित गरिएकाे छ । याे प्रकाशित किन र कसरी भयाे, या सम्झौता भएर प्रकाशित भयाे यसबारे हामी सम्बन्धित स्थानीय तह प्रमुखसँग कुराकानी गरेर प्रष्ट पार्नेछाै ।
दैनिक पत्रले अधिकांश स्थानीय तहकाे विज्ञापन प्रकाशित गरेकाे देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्