डोटीका पत्रकार खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनकाे माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण

डोटीका पत्रकार तेजबहादुर खड्काको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्काको मृत्यु प्रकरणको छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

मुख्यमन्त्री भट्टले ध्यानाकर्षण पत्र बुझ्दै घटनाको छानबिनको लागि सम्बन्धित जिल्लाको प्रशासनलाई आग्रह गरिने बताउनुभएको छ ।

पत्रकार खड्का तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । गएको मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उहाँकै भएको प्रहरीले पुष्टि गरिसकेको छ तर घटना रहस्यपूर्ण रहेको भन्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले अनुसन्धानको माग गरेको हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्