शैल्यशिखर धाम तथा मालिकार्जुनमा भाेली पूजन जात्रा लाग्ने, पवित्र मनले दर्शन गर्दा पूण्य प्राप्ति हुने

देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा भाेली पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा शनिवार विहानबाट आरम्भ हुनेछ ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारतको भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन्
। शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन भने शुक्रवार साँझ नै आइसकेका छन् ।
पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तालाई सन्तान सुख समेत हुने जनविश्वास रही आएको छ ।
हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु १५ दिन अगाडि देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्