महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

सांकेतिक तस्वीर

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात गरेको अभियोग छ । मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप लागेपछि वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले बताए ।

महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव घेराउ गर्दै नाराबाजी गरेका गरेका थिए ।

यो पनि पढ्नुहोस् 

कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्