भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड, एकै दिन २२ हजार संक्रमित थपिए, कति पुगे संक्रमित ?

काठमाडौँ – भारतमा कोरोना संक्रमणदरमा नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा २२ हजारमा संक्रमण देखिएसँगै नयाँ रेकर्ड बनेको हो ।
वल्डोमिटर्सको पछिल्लो तथ्याङ अनुसार भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार भन्दा धेरै पुगेको छ । यहि दरमा कोरोना संक्रमण बढे अबको २ दिनमा रुस भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै हुने निश्चित छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । भने ३ लाख ७० हजार उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्