अमेरिकामा एकै दिन ५७ हजार बढीमा कोरोना संक्रमण, दैनिक १ लाख पुग्ने चेतावनी

अमेरिकामा पछिल्लो २४ घण्टामा ५७ हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो ।

कम्तिमा ७ राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ । बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि देखिएको छ ।

मंगलबार संक्रामक रोगका विशेषत्र डा. एन्थोनी फाउसीले देशमा हरेक दिन १ लाख बढी संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका थिए । यता, ट्रम्प प्रशासनले भने देशमा परीक्षणको दायरा बढाइएको कारण संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्