सुदूरपश्चिम सहित देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी, शुक्रबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । यस्तै, प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्