गण्डकीका ४ जिल्लामा थपिए ३२ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार नाघ्यो

पोखरा – गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।

शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । नवलपरासीको कावासोती र मध्यबिन्दूमा कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै तनहुँमा ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्