रुकुम पश्चिमको चौरजहारीमा निर्माण भएको पानी टयांकी, पहिले र अहिलेकाे तुलना (फाेटाे फिचर)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक घर एक धारा खानेपानी अभियानले पुर्णता पाउने भएको छ ।

खानेपानीको समस्या झेल्दै आएका चौरजहारी नगरपालिका वडा नम्वर १, २ र ३ का जनताले अब भने सहजरुपमा शुद्ध खानेपानी पिउन पाउने भएका छन । भेरी नदि वाट २ सय ६० मिटर उचाईमा रहेको वडा नम्वर ३ को मैखारामा निर्माण गरेको ३ लाख घनलिटर पानी अटने टयांकी वाट खानेपानी वितरणको कार्य सुरु गर्न लागेको विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तेज वहादुर वटालाले जानकारी दिनुभयो ।
१६ सय ५ घरधुरी रहेका वडा नं १, २ र ३ मा पाईप लाईन विस्तार गर्ने र मिटर जडान कार्य सम्पन्न गरीएको छ ।
आर्थिक २०७५÷०७६ मा नेपाल सरकार खानेपानी मन्त्रालयसंग एच.वि. निर्माण कम्पनिले भ्याट वाहेक रु १३ करोड ५३ लाखमा खानेपानी निर्माणको जिम्मा लिएर काम सुरु गरेको थियो ।

निर्माणाधिन अवस्थामा पहिले यस्ताे थियाे

निर्माण समपन्न हुनेक्रममा यस्ताे छ (तस्बिर ज्ञानु गाैतम)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्