कोरोनाकै कारण बालविवाह बढ्दै

कोरोना भाइरसका कारण विभिन्न देशहरुमा भएको लकडाउन कारण बालविवाह गर्नेको सङ्ख्या बढेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले
गरेको आँकलनमा यो क्रम अझै बढ्ने देखिएको छ । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।

यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखाैँ किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पु¥याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ ।

यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्