कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

कञ्चनपुरको भीमदत्त नगरपालिका यतिखेर तनावग्रस्त भएको छ । जनप्रतिनिधिले महिलामाथि दुव्र्यहार गरेको भन्दै नगरपालिका तनावग्रस्त भएको हो ।
भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले होटलमा एक महिलामाथि दुव्र्यवहारको प्रयास गरेको भन्दै यतिखेर तनाव सृजना भएको छ । ब्रह्मदेवमा रहेको एक पसलकी सञ्चालक माथि वडाध्यक्ष नाथले दुव्र्यहार गरेको भन्दै स्थानीय विरोधमा आएका छन ।
बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

वडाध्यक्ष नाथलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछ भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्