सुदूरपश्चिमका नाकाहुदैँ स्वदेश फर्किनेका सङ्ख्या घट्दै

सांकेतिक तस्बिर

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् ।

कैलालीको गौरीफन्टा महेन्द्रनगरको गड्डा चौकी नाकाबाट एकसातामा दुईहजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलका अनुसार असार ११ गते देखि १७ गते सम्म उक्त सङ्ख्यामा नेपाली भित्रिएका हुन् । प्रहरी निरीक्षक जगदिश सिंह डाँगाले जेठ २३ गते सबै भन्दा बढी छ हजार चार ४९९ नेपाली भित्रिएकोमा विस्तारै घट्दै गएको बताउनुभयो । उहाँले पछिल्लो एक सातामा महेन्दनगरको गड्डा चौकी नाका भएर एक हजार पचास नेपाली भित्रिएका र ३०४ भारतीय बाहिरिएको बताउनुभयो ।

त्यसैगरी, कैलालीको गड्डा चौकी नाकाबाट एक हजार ४६६ नेपाली भित्रिनुका साथै चार सय तेतिस भारतीय नागरिक बाहिरिएका छन् । अझैं पनि सय डेढसयको हाराहारीमा नेपाली आउने क्रम रोकिएको छैन । सूदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गते देखि खुल्ला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख बाईस हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब अठार हजार पुगेको जनाइएको छ ।

नेपाल भित्रिएका मानिसलाई सुरक्षित क्वारेन्टाईनमा बस्ने र परीक्षण पछि घर जाने व्यवस्था सम्बन्धित जिल्लाका स्थानीय तहले मिलाएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका करिब एघार हजार मानिस अझैं क्वारेन्टाइनमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्