कैलालीको घोडाघोडी नगरपालिकाको निति तथा कार्यक्रम ६ जना वडा अध्यक्षद्वारा बहिष्कार

प्रेम जोशी

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाएको नगर सभा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् ।

बजेटमा नगर प्रमुख र प्रशासकिय अधिकृतले एकलौटी गर्न खोजेको भन्दै वडा नं. २, ३, ७, ८, ११ र १२ का वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगर सभा बहिस्कार गरेका हुन् । घोडाघोडी नगरपालिकाको नगर सभामा सिमित व्यक्तिहरु बाहेक कोहि उपस्थित छैनन् । नगर सभा हुने भनिएको स्थान सुनसान देखिएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु र अन्य सरोकारवालाहरुले समेत कार्यक्रममा उपस्थिति जनाएका छैनन् । घोडाघोडी नगरपालिकाको निति तथा कार्यक्रममा नगर प्रमुखले एकलौटी गर्न खोजेको र वडामा थोरै बजेट राखेर वडा लाई नङ्ग्याउन खोजेको भन्दै आफुले नगर सभाको बहिस्कार गरेको वडा न ७ का वडा अध्यक्ष धन बहादुर बमले बताए । त्यस्तै नगर सभा भनेको नगरवासीहरुको पर्व भएकोले नगर सभा लुकेर गर्नु भनेको जनताप्रतिको अपमानित व्यवहार भएको घोडाघोडी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले बताए । नगर सभामा नगरपालिकाका संग सरोकार राख्ने सरोकारवालाहरु संग छलफल बिनै निति तथा कार्यक्रम ल्याउन खोजेको र घोडाघोडी नगरपालिकामा नगर प्रमुख र प्रशासकिय अधिकृतले अस्तव्यस्त गर्न खोजेको घोडाघोडी उद्योग वाणिज्य संघका महा सचिव धिरेन्द्र कठायतले आरोप लगाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्