बुधबार ६ देशबाट १ हजार २६० स्वदेश फर्किए, ४०८ जना विदेश गए

काठमाडौँ – विदेशमा अलपत्र परेकामध्ये बुधबार विभिन्न छ वटा मुलुकबाट १ हजार २६० नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट ४०८ जना विदेश उडेका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार बुधबार साउदी अरेबियाबाट सबैभन्दा बढी ४०९ जना नेपाली नागरिक नेपाल फर्केका हुन् । त्यस्तै अमेरिकाबाट २८२ जना, अष्ट्रेलियाबाट २५८ जना, कुवेतबाट १५५ जना, युएइबाट १५२ जना, मलेसियाबाट चार जना नेपाली स्वदेश फर्केका छन् ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का १८८ जना, प्रदेश २ का १२३ जना, बाग्मती प्रदेशका ३५४ जना, गण्डकी प्रदेशका १०२ जना, प्रदेश ५ का १५५ जना, कर्णाली प्रदेशका ३५ जना र सुदूरपश्चिम प्रदेशका २१ जना रहेका छन् । अमेरिकाबाट फर्केका नेपालीहरूको प्रदेशगत वर्गीकरण हुन बाँकी रहेको जनाइएको छ । नेपाल फर्किएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।
यसैबीच बुधबार नै नेपालबाट ४०८ जना विदेश फर्केका त्रिभुवन विमानस्थलले जनाएको छ । लकडाउनको समय भए पनि अत्याश्यक स्थानीय उडान स्वदेशभित्र कायमै रहेको विमानस्थलले उल्लेख गरेको छ । मनाङ एयर, सिम्रिक एयर, तारा एयरले दिनभरमा १० वटा उडान भरेका थिए । विदेशबाट आवतजावत गर्ने उडानमध्ये स्वदेशी विदेशी एयरलायन्सका गरी बिहीबार १३ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने बुधबार साँझसम्म तय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्