बाजुरामा जीप दुर्घटना, १४ जना घाइते

बाजुरा – बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्