मेलम्ची नगरपालिकाले बितरण गर्‍यो ६६ वटा हाते ट्याक्टर

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिए ।

बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगर भित्रकै किसानहरुलाई पनि अनुदान परेको नगरपालिका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित कृषि सहकारीका सञ्चालक र अन्य ट्याक्टर अनुदान पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्