१४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका युवकको मृत्यु

सांकेतिक तस्बिर

सुशील सुवेदी
सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर फर्किएका बलेफि गाउपालिका–४ का एक युवकको सोमबार मृत्यु भएको छ ।

क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको केहि दिनपछि उनको मृत्यु भएको बलेफि गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केहि दिनअघि घर पठाएका थियो । तर, उनको आज मृत्यु भएको छ । उनले भने, ‘मृत्यु हुनुको कारण खुलिसकेको छैन।’ स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारको लागि सिन्धु सदाबहार अस्पतालमा ल्याएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्