कोरोना नियन्त्रणमा भएको अनियमितताका बारेमा लेखा समितिमा छलफल

काठमाडौं – संघीय प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आज सँसद सचिवालय सिँहदरवारमा बसेको बैठकमा कोरोना भाइरस महामारी नियन्त्रणका क्रममा आर्थिक अनियमितता भन्दै सार्वजनिक रुपमा उठेको प्रश्नमाथि छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल तथा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिँह उपस्थित भएका थिए ।

सो अवसरमा अधिकांश सदस्यहरुले कोरोना महामारी नियन्त्रणका सामग्रीहरु आयात गर्ने ठेक्का अनुसार काम नगरेको ओम्नी ग्रुप माथीको कार्वाही बारे चासो प्रकट गरेका थिए । यसैगरी सामग्री आयातमा सेनाको काम समेत बिवादमा परेको प्रति उहाँहरुले चिन्ता प्रकट गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले हालसम्म कोरोना रोकथाम उपचार कोषमा दुइ अर्व ३४ करोड ७९ लाख रुपैया जम्मा भएको र सो मध्ये करीब २८ करोड रुपैया महामारी रोकथाम र उपचारका लागी निकासा भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्