प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको सवारी दुर्घटनामा मृत्यु

परासी — नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो । मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्