कर्णाली प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिए, दैलेखमा ३७, सुर्खेतमा १५

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

आइतबार दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना गरी तीनजना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्