भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, मृतको संख्या ९ हजार नजिक, संक्रमित मध्ये आधा निको भए

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट ३ लाख साढे ९ हजार भन्दा बढी संक्रमित छन् । पछिल्लो २४ घण्टामा ११ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ८९० पुगेको छ । भने १ लाख ५४ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । भारतमा निको हुनेको संख्यमा पनि तिव्र गतिमा बढीरहेको छ । भारतमा भएका संक्रमित मध्ये ५० प्रतिशत निको भइसकेका छन् । भारत कोरोनाबाट एशियाको सबैभन्दा प्रभावित मुलुक र विश्वका अति प्रभावित मुलुकको सूचीमा चौथौ स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्