विरगञ्जमा भेटिएको वेवारिसे शवमा कोरोना पुष्टि, अन्य ५ जनामा पनि संक्रण

पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै भेटिएको बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । यस अघि नेपालमा काेराेनाबाट १६ जनाकाे मृत्यु भइसकेकाे छ ।

यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्