सरिता गिरीले संविधान संशोधनको विपक्षमा उभिएपछि समाजवादी पार्टीृको संसदीयदलको बैठक बस्दै

काठमाडौं – सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । सरिता गिरी सामाजवादी पार्टीकै सांसद हुन् ।

आज नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् । समाजवादी पार्टीले गिरीलाई संशोधन फिर्ता नलिए कारवाही गर्ने चेतावनी यस अघि नै विज्ञप्ति मार्फत दिएको छ ।

यसबारे छलफल गर्न आइतबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

प्रतिनिधि सभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्