पर्वत र नवलपुरमा ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार बिहान ५ः५० मा सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक सहित २ जना, जलजला गाउँपालिका १ जना, महाशिला गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै कुश्मा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्