झापाको कचनकवल गाउँपालिकाका ११६ जना संक्रमित मध्ये ९२ जना निको भएर घर फर्किए

झापा – कचनकवल गाँउपालिका वडा नं. ६ को नमुना टोलमा अहिले खुशी छाएको छ । रोजगारका लागि भारतको मुम्बईबाट फर्किएका टोलका ८ मध्ये ७ जना कोरोना भाईरसबाट निको भएका छन् ।

जिल्लाको १५ पालिकामध्ये १३ पालिकाहरुमा कोरोना भाईरस १ सय ५६ जनामा देखिएको छ । जसमध्ये ९६ जना निको भई होम क्वारेन्टाईनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

कचनकवल गाँउपालिकामा मात्रै एक सय १६ जना कोरोना भाईरस संक्रमित भएको र ९२ जना निको भएका छन् । पालिकामा रहेको पाँच वटा क्वारेन्टाईनमा अहिले पनि २ सय २१ जना रहेका छन् । सिमापारी भारतबाट आउने नेपालीहरुको संख्या भने अझै रोकिएको छैन ।

यति धेरै संक्रमित भएपनि सरकारले गरेको लकडाउन र भाईरस रोकथाम कार्यक्रम प्रभावकारी भएकाले सम्भव भएको पालिका स्वास्थ्य सेवा विभाग प्रमुख जागेस्वर यादवको भनाई छ ।

भारतबाट आएका सवैलाई क्वारेन्टाईनमा राखिएकाले कोरोना भाईरस समाजमा फैलनबाट रोक्न सफल भएको कचनकवल गाँउपापालिका अध्यक्ष अञ्जरा आलम बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्