दुईजनामा कोरोना पुष्टि भएपछि पाँचपोखरी थाङ्पालका अत्यावश्यक बाहेकका सेवा बन्द

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका—६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ ।

कोरोना सङ्क्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । सङ्क्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्