ट्रम्पको सेना परिचालन गर्ने निर्णयप्रति चौतर्फी विरोध

काठमाडौ – अमेरिकामा एकजना अश्वेत व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएपछि शुरु भएको प्रदर्शन दवाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्न गरेको निर्णय प्रति चौतर्फी विरोध भइरहेको छ ।

त्यही विषयमा संसदबाट समेत प्रश्नको सामना गर्नुभएका राष्ट्रपति ट्रम्पको कदम गलत भएको त्यहाँका एकजना पूर्व विदेशमन्त्रीले टिप्पणी गरेका छन् । पूर्व सैनिक अधिकृत समेत रहनुभएका पूर्व विदेशमन्त्री कोलिन पोवेलले जातीय विभेद विरुद्धको आवाज दवाउन राष्ट्रपति ट्रम्पले चाल्नुभएको कदम गैरसंवैधानिक भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकनका नेता पोवेलले नोभेम्वरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट दलका उम्मेदवारलाई मत हाल्ने समेत बताए ।

प्रतिक्रिया पछि टेलिफोन संवाद गर्नुभएका राष्ट्रपति ट्रम्पले पोवेलको अभिव्यक्ति अहंकारयुक्त भएको बताएका छन् । दुई साता अघी प्रहरी हिरासतमै मारिएका ती अश्वेत व्यक्तिलाई न्याय दिनुपर्ने पक्षमा अमेरिका भरी मात्रै नभइ विश्वका अन्य धेरै मुलुकहरुमा पनि प्रदर्शन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्