म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ

काठमाडौं – आर्थिक पारदर्शिता नदेखाएको आरोपमा दुई बर्ष खेल प्रतिवन्धको सजाय पाएको इङ्लिस क्लव म्यानचेष्टर सिटीले प्रतिवन्ध फुकुवाका लागि गरेकोअपिलमा आजबाट सुनुवाइ हुदैछ ।

सिटीले आर्थिक पारदर्शिता कायम गर्न नसकेको भन्दै यूरोपेली फुटबलको आर्थिक क्षेत्रहेर्ने निकायले क्लवमाथि प्रतिवन्ध लगाउदै ३ करोड यूरो जरिवाना तिराउने निर्णय गरेको थियो । आरोपको स्वतन्त्र छानविनमा समेत क्लवले असहयोग गरेको आरोप उक्त निकायले लगाएको छ । प्रतिवन्धपछि सिटीले च्याम्पियन्स लिग, यूरोपेली लिग लगायत सबै यूरोपेली फुटबलमा दुई बर्ष खेल्न नपाउने भएको छ ।

तर आरोपमा सत्यता नभएको भन्दै क्लवले मुद्दा परेको बेलायतको खेलकुद विवादमा मध्यस्थता गर्ने अदालतमा अपिल दर्ता गराएको छ । त्यसैको सुनुवाइ आजबाट हुन लागेको हो । विवादबारे यसै ग्रीष्मकालिन अवधिमा निर्णय हुने बताइएको छ । तर विवाद कायमै रहेका सिटीले यूरो फुटबलको आयोजनामा हुने सुपर कप एवम्अर्को सिजनमा हुने प्रतियोगिता लगायत सबै फुटबल गुमाउनेछ ।–NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्