भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको छः कमल थापा

FILE PHOTO

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् ।

भट्टराईको पक्षमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियतारराजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ । तर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भट्टराईप्रति निकै कटाक्ष गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्