डब्लुएचओको मास्क लगाउनेबारे नयाँ निर्देशिका

एजेन्सी – विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे आफ्नो निर्देशिकामा ठूलो परिवर्तन ल्याएको छ ।

पछिल्लो केही महिनादेखि विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुन् कि जसका कारण स्वास्थ्यकर्मीका लागि मास्कजस्ता आवश्यक उपकरणमा कमी आउने हो कि भन्ने चिन्ता छाएको थियो । विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच यो तर्क अहिले पनि यथावत छ ।
सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह दिएको छ । यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् ।

यसमार्फत्, कोरोनाभाइरसको प्रत्यक्ष संक्रमण रोक्नलाई सहयोग मिल्ने बताइएको छ । यसका साथै, ८ वर्ष माथिका एकैपटक दुईवटा रोग लागेका बिरामीलाई भने मेडिकल ग्रेडको मास्क लगाउन उक्त निर्देशिकामा भनिएको छ ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्