बेलायतमा कोरोना भाइरस सम्भावित खोपको उत्पादन सुरु

एजेन्सी – बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस (कोभिड–१९) रोक्नका लागि डिजाइन गरिएको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ । यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको यो खोप अहिले पनि परीक्षणकै क्रममा रहेको छ । तर औषधी कम्पनीका प्रमुख पास्कल सोरियटले बीबीसीसँग भने, ‘एस्ट्राजेनेका यो विश्वास गर्छ कि हामीले अब यो खोपको (खुराक) डोज उत्पादनमा लागेका छौ, हामीले यसको (खुराक)डोज बनाउनुपर्छ । ताकि जब यो खोप परीक्षणमा प्रभावकारी हुन्छ, तब यसको माग बढेसँगै हामी सप्लाई गर्न सकौं ।’

उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्न सक्षम हुने दाबी गर्दै आएको छ । सोरियटले बीबीसँग भने, ‘यदि खोप प्रभावकारी साबित भएन भने पनि हामी यो जोखिम मोलेर अघि बढिरहेका छौं । त्यो बेला हामीले ठूलो आर्थिक मूल्य चुकाउनुपर्नेछ । किनकि यो बीचमा (संकट) हामी जे पनि गर्न तयार भएका छौ ।’ बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु पछिल्ला महिनादेखि खोप परीक्षणमा अहोरात्र खटिरहेका छन् । स्रोत: बीबीसी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्