भारत र चीन सीमा विवादबारे आज वार्ता हुदै, के भारत चीन सीमा विवाद अन्त्य होला ?

एजेन्सी – आज (शनिबार) भारत र चीनको सीमामा रहेको सैनिकबीचको तनावलाई समाप्त गर्न लेफ्टिनेन्ट जनरल तहमा दुई देशबीच वार्ता हुदैछ ।
दुई देशहरू बीच यो सीमा विवाद पछिल्लो एक महिना देखि चलिरहेको छ । यो विवाद मुख्यतया लद्दाखको पेनगोन त्सो ताल (पूर्ववर्ती ताल) र पूर्वी लद्दाखको गाल्भान उपत्यकाको संवेदनशील क्षेत्रहरूको बारेमा हो ।

दुई देशका बीचका लेफ्टिनेंट जनरलको तहमा यो कुराकानी भारतको पहलमा भइरहेको छ । त्यसकारण, बैठकको पहिलो चरण भारत र चीन बीच वास्तविक नियन्त्रण रेखाको छेउमा चुशुल–मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा बैठक हुने भएको छ । यस बैठकमा भारतको तर्फबाट भारतीय सेनाको लेहका १४औं वाहिनीका कमाण्डर लेफ्टिनेंट जनरल हरिंदर सिंहले भाग लिएका छन् । लेफ्टिनेंट जनरल स्तरमा भारत र चीन सीमा चौकीमा वार्ता भइरहेको पहिलो पटक हो त्यसैले यो वार्तालाई गम्भिर रुपमा हेरिएको छ ।

स्रोत : बीबीसी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्