नागरिक स्तरबाटै योजनाको माग गर्न हेलम्बु गाउँपालिकाको आह्वान

सुशील सुवेदी

सिन्धुपाल्चोक – जिल्लाका हरेक स्थानिय तहहरु आगामि बर्ष ०७७ /०७८को निति तथा कार्यक्रम र योजना तर्जुमाका लागि ब्यस्त छन् । सबै स्थानिय तहहरु आफुले बनाएको योजना तर्जुमा तथा कार्यक्रमलाइ नै अन्य पालिकाहरुको भन्दा भिन्नै र आकर्षक ठान्छन् । तर नागरिकहरुले भने आफ्नो समस्या निति तथा कार्यक्रममा सम्बोधन नभएको भन्दै हरेक बर्ष आलोचना गर्दै आएका छन् । सरकारले जतिसुकै आकर्षक निति तथा कार्यक्रम ल्याएपनि कुनै न कुनै क्षेत्रमा हरेक बर्ष नागरिकको गुनासो आउने गरेको छ । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले भने निति तथा कार्यक्रममा नागरिककै गुनासो सम्बोधन र प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिकस्तरबाटै माग गरेको छ । गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम, लागत अनुमान साथै उक्त योजनाको औचित्य समेतलाइ लिखित रुपमा माग गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्